Friday, April 19, 2019

देउवाले छाडे बालुवाटारको सरकारी निवास

प्रकाशित मिति: 2018/02/16

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्। ज्योतिषको सल्लाहअनुसार बालुवाटार प्रवेश गरेका देउवा ज्योतिषकै परामर्श अनुसार आज मध्यान्न बालुवाटार छाडेका हुन् । 

ज्योतिषको सल्लाहअनुसार देउवा असार ५ गते सरकारी निवासमा सरेका थिए। ज्योतिषकै परामर्शका आधारमा आज निजी निवास बुढानिलकण्ठ पुगेका हुन्।

देउवाले बिहीवार राजीनामा दिएका थिए। उनको राजीनामासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। 

तपाईंको बिचार