Friday, April 19, 2019

मन्त्रालयको नीति अध्ययन गरी अघि बढ्छु : मन्त्री पण्डित

प्रकाशित मिति: 2018/02/16

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले आफु मन्त्रालयको नीति र विज्ञहरुसँँग छलफल गरी अघि बढ्ने बताएका छन् । 

एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने पण्डितले बताए । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आफूले भर्खरै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने बताए । अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गरी विज्ञहरुको छलफल गरी मात्र आफ्नो अभिव्यक्ती आउने उनले बताए । राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । 

तपाईंको बिचार