Wednesday, March 29, 2017  |    

प्रचण्ड भन्छन्, सीमाकंनमा हेरफेर हुन सक्छ

प्रकाशित मिति: 2015/08/11

सिमांकनका विषयमा देशका विभिन्न जिल्लाहरुमा चर्को आन्दोलन उठेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सीमाकंनको विषयमा हेरफेर हुनसक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले सिमांकनमा विषय परिमार्जन हुन सक्ने बताए ।
नेपाल पत्रकार महासंघको टोलीसँग सोमबार सिंहदरबारमा कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान घोषणा नहुँदासम्म सीमाकंन लगायतका विषय हेरफेर हुन सक्ने बताएका हुन् ।

‘यो मस्यौदा फर्केर फेरि संविधानसभामा नआउँदासम्म, मस्यौदा समितिबाट अन्तिम मस्यौदा नबन्दासम्म,विधेयक नबन्दासम्म संविधानसभाबाट घोषणा नहुँदासम्म सीमाकंनमा हेरफेर भैराख्न सक्छ’, प्रचण्डले भने, ‘छुटेका कुराहरु थप गर्न राख्न सकिन्छ। नमिलेका कुरा परिमार्जन हुन सक्छन्।‘
उनले नागरिकलाई सावधान तथा सतर्क रहन र आफ्ना मत, सुझाव, टिप्पणी र आलोचना केन्द्रमा पठाउन अपील गरेका छन्।
‘नमिलेका कुरा परिमार्जन हुन सक्छन्। त्यसकारण कुनै पनि उत्तेजना, कुनै पनि भ्रममा नपरिकन सावधान रहन, सतर्क रहन र आफ्ना मत सुझाव, टिप्पणी, आलोचनाहरु केन्द्रमा पठाउन अपील गर्दछु’, उनले भने ।
सीमांकन सहितको संघीयता र अन्य विषयमा छलफल चल्नु स्वाभाविक भएको प्रचण्डको टिप्पणी थियो। ‘यो ठूलो ऐतिहासिक परिघटना भएकाले आफ्नो भविष्य के हुन्छ भनेर जनतामा बहस हुनु, विवाद हुनु एक हदसम्म स्वभाविक हो’, प्रचण्डले भने, ‘जनताको दैनिक जीवनको सरोकार विषय भविष्यसँग जोडिएको छ। एमाओवादीको अध्यक्षका हैसियतले त्यसलाई मैले स्वभाविक रुपमा लिएको छु । आम नेपालीलाई के भन्न चाहान्छु भने जहाँ–जहाँ जनताका मतभेद छन् प्रदेशमा, क्षेत्रमा ती जनताको चासो, चिन्तालाई सम्बोधन गर्ने र त्यसलाई परिमार्जन गर्ने प्रतिबद्धता म व्यक्त गर्छु ।’
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा कतिपय प्रतिगमनकारी तत्वले अफवाह फैलाउने भएकोले सचेत रहन उनले आग्रह गरे । यो मस्यौदा फर्केर फेरि संविधानसभामा नआउँदासम्म, मस्यौदा समितिबाट अन्तिम मस्यौदा नबन्दासम्म,विधेयक नबन्दासम्म संविधानसभाबाट घोषणा नहुँदासम्म सीमाकंनमा हेरफेर भैराख्न सक्छ’, प्रचण्डले भने, ‘छुटेका कुराहरु थप गर्न राख्न सकिन्छ। नमिलेका कुरा परिमार्जन हुन सक्छन् ।’
उनले नागरिकलाई सावधान तथा सतर्क रहन र आफ्ना मत, सुझाव, टिप्पणी र आलोचना केन्द्रमा पठाउन अपील गरेका छन् ।
 

तपाईंको बिचार