Friday, April 19, 2019

ओली र प्रचण्डको छलफल निष्कर्ष विहीन

प्रकाशित मिति: 2018/02/18

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकिएको छ ।

भक्तपुरमा व्यवसायी दुर्गा फूयालको घरमा ४ घण्टासम्म भएको छलफलमा मन्त्रीमण्ड विस्तार र पार्टी एकता विषयको भागबन्डा टुंगो लगाउने भनिए पनि छलफल कुनै निष्कर्षमा नपुगेको नेताहरुले बताएका छन् । 

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।
छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी आजको वार्ता सकिएको बताए । 
 
बैठकमा ओलीले  माओवादीबाट सरकारमा सहभागि हुनेहरुको नाम पठाउन प्रचण्डसँग आग्रह गरेका थिए ।  तर,   एकीकृत पार्टीका लागि  विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ दिएको बताइएको छ । 

माओवादीले २१ औं सताब्दीको जनवाद र  माओवादी एकीकृत पार्टीको कार्यदिशा  हुनुपर्ने अडान लिँदै आएको छ भने एमालेले जबज बाहेक  अरु विषयमा छलफल हुनै नसक्ने बताउँदै आएको छ । जसका कारण एकता प्रक्रियामा समस्या भएको बताइएको छ ।  

तपाईंको बिचार