Thursday, August 22, 2019

मुलुक शासकीय ढाँचा परिवर्तन गरी विकासको युगमा प्रवेश : प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2018/02/19

काठमाडौं । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीकृत संरचनाको अन्त्य गरी मुलुक शासकीय ढाँचा परिवर्तन गरी विकासको युगमा प्रवेश गरेका बताएका छन् । 

दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका बताए । नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ उनले भने । 

सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने प्रेरणा फागुन ७ बाटै प्राप्त भएको बताए। उनले तीनवटै तहका सरकारले आ–आफ्ना अधिकारका सीमा र सम्बन्धमा समन्वयात्मक तवरबाट शासन सञ्चालनको अध्यायको सुरुवात भइसकेको बताए।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

तपाईंको बिचार