Monday, August 26, 2019

राष्ट्रपति एमाले र सभामुख माओवादीलाई हुने गरी भागवण्डा

प्रकाशित मिति: 2018/02/23

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसमामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको पद भागवण्डा मिलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा टुंगो लागेको हो । राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष लिने लगभग कुरा भएको छ । 

तपाईंको बिचार