Sunday, February 24, 2019

माधव नेपाल नेतृत्वको कार्यदल बैठक सम्पन्न

प्रकाशित मिति: 2018/02/25

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको प्रतिवेदन मस्यौदा कार्यदलको बैठक सकिएको छ। माओवादी पार्टी कार्यालय पेरिसडाँडामा एमाले वरिष्ठ नेता माधव नेपालको अध्यक्षतामा बसेको बैठकले आजदेखि प्रतिवेदन लेखनलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी एकतालाई अगाडि बढाउनका लागि दुई दलबीच गठन भएको पार्टी एकता संयोजन समितिको बैठकले एमाले नेता माधव नेपालको संयोजकत्वमा प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेको थियो । 

आज बसेको कार्यदलको बैठकले प्रतिवेदन लेखनका लागि दुई दलका दस्तावेज, नीति, प्रतिवेदनहरुको अध्ययन गर्ने निर्णय गरेको । 

तपाईंको बिचार