Friday, April 19, 2019

डा. युवराज खतिवडा अर्थमन्त्री हुने

प्रकाशित मिति: 2018/02/26

काठमाडौं । नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । 

एमाले नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् । खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । महासचिव पोखरेलको मन्त्रालय टुंगो नलागेको जनाइएको छ ।  

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडा सर्वोच्च अदालत मुद्दा परेको कारणले सपथग्रहणमा भने अदालतले रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

तपाईंको बिचार