Tuesday, February 19, 2019

ओली सरकारमा थपिए चार मन्त्री

प्रकाशित मिति: 2018/02/26

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा चार सदस्य थपिएका छन् । एमालेका २ र माओवादी केन्द्रका २ मन्त्रीले सपथ लिएका हुन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् भने युवराज खतिवडा अर्थमन्त्री बनेका छन्।  माओवादीले रामबहादुर थापालाई गृहमन्त्री बनाएको छ भने अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्।

नवनियुक्त चारै जना मन्त्रीलाई प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। आजको विस्तारसँगै अब ओली सरकार ७ सदस्यीय भएको छ।

तपाईंको बिचार