Thursday, August 22, 2019

एमाले–माओवादी एकताः विधान मस्यौदा कार्यसमितिको बैठक सकियो

प्रकाशित मिति: 2018/02/27

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको विधान मस्यौदा कार्यदलको बैठक दुर्इ वटा समिति गठन गरेको छ । 

एमाले पार्टी कार्यालय धुम्बाराहीमा संयोजक एवं गृहमन्त्री रामबहादुर थापा (बादल)को अध्यक्षतामा बसेको बैठकले पेशागत र सामुदायिक प्रतिष्ठान एकीकरणका लागि नीति र विधान तयार पार्न गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी अन्तरिम विधानको प्रारम्भिक प्रस्ताव तयार पार्न वर्षमान पुन र वेदुराम भुषाल सदस्य रहेको समिति गठन गरेको छ। समितिलार्इ प्रतिवेदन तयार गर्न एक साताको समय दिइएको छ। 

२२ गते बस्ने कार्यदलको बैठकमा दुवै समितिले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताइएको छ । 

तपाईंको बिचार