Wednesday, August 21, 2019

संविधान संशोधनमा सहयोग गर्छु : देउवा

प्रकाशित मिति: 2018/03/06

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै संविधान संशोधनमा सहयोग गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले नयाँ सरकारलाई बधाई दिँदै यो सरकारले संविधान संशोधनमा चासो देखाएकोमा खुसी व्यक्तसमेत गरे । आज संघीय संसदलाई सम्बोधन गर्दै देउवाले आफ्नो पार्टीले उक्त काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संविधानलाई सर्वस्वीकार्य बनाउनु अनिवार्य रहेको देउवाको बताए । 

तपाईंको बिचार