Tuesday, February 19, 2019

एमाले र माओवादीको संयुक्त बैठकमा ओली र प्रचण्डले सम्वोधन गर्ने

प्रकाशित मिति: 2018/03/11

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको आज संयुक्त रुपमा संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी एकता प्रक्रिया जारी रहेका बेला रणनीतिक मुद्दामा फरक फरक बैठक नराख्न दोस्रो तहका नेताहरुले दिएको सुझाव अनुसार संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो । 

संयुक्त बैठक मध्याह्न १२ बजे बस्ने भएको हो । संयुक्त बैठकलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन्। पार्टीका गतिविधिसँगै प्रधानमन्त्रीले ओलीको विश्वासको मत र प्रक्रियाबारे पनि बैठकमा जानकारी गराइने भएको छ । । 

तपाईंको बिचार