Friday, October 18, 2019

प्रधानमन्त्री ओली र बंगलादेशका उडड्यन मन्त्रीबीच भेट

प्रकाशित मिति: 2018/03/14

काठमाडौं । विमान दुर्घटनाबारे जानकारी लिन आएका बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद भएको बताए । मन्त्री कमालले नेपाल सरकारले  विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गरे । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेका थिए ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गरे । प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिए। 

तपाईंको बिचार