Wednesday, June 26, 2019

ईयूले अधिकार क्षेत्र नाघ्यो : कांग्रेस

प्रकाशित मिति: 2018/03/26

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।

सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि कांग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए । उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराए । उनले भने ईयू प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए ।

तपाईंको बिचार