Tuesday, February 19, 2019

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्रीलाई

प्रकाशित मिति: 2018/03/30

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् । प्रधानमन्त्री ओली सँगै रहेको मन्त्रालयको जिम्मेवारी अब राज्यमन्त्री अर्यालले पूर्णरुपमा पाएकी छन् ।

स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ । राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लिन पाउनेछन् ।

तपाईंको बिचार