Sunday, April 21, 2019

वाम एकता संयोजन समितिको बैठक बस्दै

प्रकाशित मिति: 2018/04/05

काठमाडौं । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। संयोजन समितिमा दुबै दलका अध्यक्षसहितका शीर्ष नेता छन्। 

कार्यदलले बुझाएका मुख्य तीन विवादमा सहमतिको जिम्मेवारी शीर्ष नेताले पाएसँगै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका हुन्। सांगठनिक संरचना, चुनाव चिह्न तथा राजनीतिक आन्दोलनको सम्बोधन कसरी गर्ने लगायतका विषय कार्यदलस्तरमा विवाद छन्। विवादका विषयमा शीर्ष नेताबीच औपचारिक रूपमा पहिलोपटक परामर्श हुने लागेको हो।

कार्यदलमा विवाद भएपछि जनयुद्ध, चुनाव चिह्न लगायतका विषय शीर्ष नेताबीच छलफलपछि टुङ्गोमा पुर्‍याउने निर्णय भएको हो।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकताका लागि अर्को समिति गठनको तयारी छ। 

तपाईंको बिचार