Tuesday, February 19, 2019

वैशाख ९ गते पार्टी एकता गर्ने गरी तयारी तिब्र बनाउने संयोजन समितिको निर्णय

प्रकाशित मिति: 2018/04/05

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । संयोजन समितिको बैठकमा पार्टी एकताका लागि विवादका विषयहरूमा सहमति जुट्न सकेन्। बैठकले पार्टी एकता संयोजन समितिको अर्को बैठक प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किएपछि बस्ने सहमति गरेको छ। 

‘प्रधानमन्त्रीको भारत भ्रमण पछि एकता संयोजन समितिको बैठक बसेर एकतालाई टुंगोपमा पुर्‍याउने सहमति भएको छ,’ बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसअगाडि पार्टी एकताका लागि आन्तरिक रूपमा दुबै पार्टीले छलफल र तयारी गर्ने सहमति भएको छ।’

श्रेष्ठका अनुसार पार्टी एकता वैशाख ९ गते गर्न दुई कार्यदलले दिएको सुझाव अनुसार गर्ने गरी गृहकार्य अगाडि बढाउने सहमति भएको छ। 

यसअघि गत १९ गते बसेको एकता संयोजन समितिको बैठकमा दुबै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका थिए। आजको बैठकमा कार्यदलमा सहमति जुट्न नसकेका विषयमा छलफल गर्ने बताइएको थियो। 

तपाईंको बिचार