Monday, August 21, 2017  |    

संविधानमा धर्म निरपेक्षता शब्द नराख्न सहमती

प्रकाशित मिति: 2015/08/14

नयाँ संविधानमा धर्मनिरपेक्षता शब्द नराखिने भएको छ । चार प्रमुख दलहरुविच धर्मनिरपेक्षता शब्द हटाएर धर्मको ठाउँमा केही पनि उल्लेख नगर्ने सहमती जुटेको हो ।  
त्यस्तै राजनीतिक मान्यता पाउनका लागि कुनै पनि दललाई निश्चित मतको सीमा अर्थात थ्रेसहोल्डको व्यवस्था राख्न पनि प्रमुख दलहरु सहमत भएका हुन्। संविधानसभाले धर्म र थ्रेसहोल्डको विवाद संवाद समितिबाट नटुंगिएपछि त्यसको जिम्मा मस्यौदा समितिलाई नै दिएको थियो ।
 मुलुकको परिचयमा देश बहुधार्मिक भन्ने उल्लेख हुने भएबाट चार दलबीच धर्मका विषयमा अरू केही नलेख्ने सहमति भएको छ ।  
ुकति प्रतिशत थ्रेसहोल्ड राख्ने भन्नेमा सहमती नजुटे पनि थ्रेसहोल्ड राख्ने सहमति भइसकेको छ । दलहरूबीच १ देखि ५ प्रतिशत थ्रेसहोल्डका विषयमा छलफल भइरहेको बताईएको छ । सर्वोच्च अदालतका न्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको विषय भने अझै टुंगिन सकेको छैन् । 
 

तपाईंको बिचार