Monday, June 17, 2019

संसद अधिवेशन २३ वैशाखमा आहृवान गर्न सिफारिस

प्रकाशित मिति: 2018/04/27

काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन वैशाख २३ गते बोलाउन राष्ट्रपतिलार्इ सिफारिस गर्ने भएको छ। मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिलार्इ सिफारिस गर्ने निर्णय गरेको हो। 

संविधानमा संसद्को अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था रहेको छ। बैठकले अधिवेशन वैशाख २३ गते दिनको ४ बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। 

त्यस्तै बैठकले आन्तरिक सु–व्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ। बैठकले भारत सरकार को सहयोगमा निर्माण सम्पन्न भएको वीरगंजको जाँच चौकी हस्तान्तरण सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। 

त्यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा रमादेवी पराजदुलीलार्इ नियुक्त गर्ने निर्णय गरेको छ। 

तपाईंको बिचार