Tuesday, April 23, 2019

पार्टी एकताको लागि एमाले स्थायी कमिटीको बैठक बस्ने

प्रकाशित मिति: 2018/05/02

काठमाडौं । पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको एमाले पार्टी कार्यालयले जनाएको छ। 

साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको गोप्य वार्ताको विषयमा ब्रिफिङ गर्ने बताइएको छ। 

पार्टी एकताको विषय टुंगो नलागिरहेको अवस्थामा दुवै पार्टीहरू आन्तरिक छलफलमा जुटेका छन्।   

तपाईंको बिचार