Tuesday, September 17, 2019

मोदीको स्वागतमा घर अगाडि कलश राख्न अपील

प्रकाशित मिति: 2018/05/08

जनकपुरधाम । प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न सार्वसाधारणलाई अपील गरेको छ ।

मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानरपालिकाका मेयर लालकिशोर साहले संयुक्त पत्रकार सम्मेलन गरी मोदीको स्वागतका लागि आफ्नो घर अगाडि सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको पूजाको कलश राख्न नगरबासीलाई अपील गरेका छन् ।

प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । साथै नागरिक अभिनन्दनमा ५ लाख मानिस उतार्ने तयारी छ । यसका लागि प्रदेश २ का ८ वटै जिल्लाका स्थानीय तहहरुलाई बसमा जनता ल्याउन प्रदेश सरकारले भनेको छ ।

तपाईंको बिचार