Wednesday, October 23, 2019

प्रदेश २ मा १ अर्ब सहायता दिने मोदीको घोषणा

प्रकाशित मिति: 2018/05/11

जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब  सहायता दिने घोषणा गरेका छन् ।

जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर परियोजना छनोट गर्ने बताए ।

साथै जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको उनले बताए ।

तपाईंको बिचार