Saturday, May 27, 2017  |    

नवलपरासीमा गोली चल्यो

प्रकाशित मिति: 2015/08/15

 थरुहट स्वायक्त प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरू र प्रहरीबीच झडप हुँदा नवलपरासीमा गोली चलेको छ।  नेकपा एमालेका सभासद बैजनाथ चौधरीको घरलाई आन्दोलनकारीले निसाना बनाएपछि प्रहरीले प्रतिकार गर्न खोज्दा स्थितिले उग्र रुप लिएपछि लिएपछि प्रहरीले रबरको गोली चलाएको नवलपरासी प्रहरीले जनाएको छ।
तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आन्दोलनकारीले आक्रमण गरेका थिए। प्रहरीले भीडलाई तितरबितर गर्न केही सेल अश्रुग्यास र हवाइ फायरसमेत गरेको छ।
प्रदर्शनकारी अराजक शैलीमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको स्थानीय प्रशासनले बताएको छ। प्रहरीको गोली लागि थारुवान कार्यकर्ता कोमल चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगिएको छ। आन्दोलनकारीहरुको ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन्।

तपाईंको बिचार