Monday, December 18, 2017

एक महिनाभित्र नयाँ सरकार

प्रकाशित मिति: 2015/08/15

भक्तपुर, साउन ३० गते। उद्योग मन्त्री महेश बस्नेतले अबको एक महिनाभित्रै नयाँ संविधानसँगै नयाँ सरकार गठन हुने बताउनुभएको छ ।आज शानिबार नेकपा ९एमाले० भक्तपुर नगरपालिका वडा नंं १७ कमिटीद्वारा आयोजित अन्तरक्रिया एवम् पार्टीप्रवेश कार्यक्रममा उहाँले भदौ १५ गते नयाँ संविधान जारी हुने र लगत्तै नयाँ सरकार गठन हुने बताउनुभयो ।

संविधान ल्याउन नदिन केही तत्वले आँधीहुरी ल्याउन खोजेको बताउँदै त्यस्ता आँधीहुरीलाई चारदलको सहमति र जनताको बलले रोक्ने उहाँको भनाइ थियो ।

चारदलका नेताहरु एकै ठाउँमा उभिएर यतिखेर निकै संवेदनशील भएर संविधान निर्माणको विषयमा सहमति गरेको भन्दै उहाँले पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने जनताको चाहना भएपनि सबैलाई चित्त बुझाउनु पर्दा छ प्रदेश बन्न गएको बताउनुभयो । रासस

तपाईंको बिचार