Thursday, June 20, 2019

संघीय समाजवादी फोरम आजै सरकारमा जाँदै

प्रकाशित मिति: 2018/06/01

काठमाडौं । संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित आज सरकारमा सहभागी हुने टुङ्गो लागेको छ।

फोरम अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ भने अर्का मन्त्री  मोहम्मद इस्तियाक राई बन्दैछन् । उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै गर्ने तयारी छ।

तपाईंको बिचार