Friday, September 22, 2017

'बन्द सफल पारौं' भनी माइकिङ गर्ने २० जना पक्राउ

प्रकाशित मिति: 2015/08/16
काठमाडौं, श्रावण ३१ । श्रावण ३१ र ३२ गतेको बन्द सफल पारौं भन्दै माइकिङ गर्दै हिड्ने २० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शनिबार पक्राउ पर्नेमा काठमाडौं लाजिम्पाटबाट बा१ज २२४० नम्बरको ट्याक्सी चालकसहित ३ जना, कलंकी खसीबजारबाट बा१ज ३२३३ नम्बरको ट्याक्सी चालकसहित ३ जना, काठमाडौं महानगरपालिका–२० परोपकारबाट बा१ज ४७१० नम्बरको ट्याक्सी चालकसहित २ जना, ललितपुर ग्वार्को चोकबाट बा१ज ७१८ नम्बरको ट्याक्सीसहित २ जना, लगनखेल चोकबाट बा१ज ५४०९ नम्बरको ट्याक्सीसहित २ जना, ललितपुर बुंगमतीबाट बा४च २०२० नम्बरको कारसहित ४ जना, भक्तपुर मध्पुर ठिमी नगरपालिका–१३ बालकुमारी चोकबाट बा१च ३३७२ नम्बरको कारमा पर्चा २ बोरा, माइक २ थानसहित ४ जना गरी २० जना रहेका छन् ।

तपाईंको बिचार