Friday, April 19, 2019

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू हुन्छ : प्रचण्ड

प्रकाशित मिति: 2018/06/04

पोखरा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अगाडि बढेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपति प्रणालीमा गएको भन्दै उनले कार्यकारी राष्ट्रपति रहने प्रणाली लागू गर्ने खुलासा गरेका हुन् । ‘तत्कालै यसलाई अघि सारेर विकासलाई भड्काउने काम गर्दैनौँ। तर मुलुकको दिगो विकास र समृद्धिका लागि यो अति आवश्यक छ,’ उनले भने ‘सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा सहमत छन्।’ 

मुलुकको स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रपतिय प्रणाली आवश्यक रहेको उनले दाबी गरे । आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गरी राष्ट्रपतिय प्रणालीको पक्षमा सहमति जुटाउन दलहरुबीच छलफल र बहस चलाउने अध्यक्ष प्रचण्डले बताए।

तपाईंको बिचार