Thursday, March 30, 2017  |    

दलहरुविच विवादित सबै विषयमा करिव सहमती

प्रकाशित मिति: 2015/08/16

आइतबार बसेको उच्च स्तरीय राजनीतिक विशेष समितिको बैठके विवादित अधिकांश विषयमा सहमती कायम गर्दै भोलि निष्कर्षमा पुग्ने गरी स्थगित भएको छ ।
बैठकबाट बाहिरिदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानका लागि हदैसम्मको लचकता अपनाएको प्रतिक्रिया दिनु भयो ।
‘‘हामीले अधिकांश मुद्दामा सहमति गरिसकेका छौ। थ्रेस होल्डको बारेमा भोलिसम्ममा कुरा मिल्छ,’ उनले भने, ‘संघीयताको विषयमा हामीले सबैलाई सम्बोधन गर्ने कोशिश गरेका छौ। केहीमा चित्त नबुझेका खण्डमा त्यसमा पुनर्विचार गर्न सक्छौ।’ बैठकले धर्म निरपेक्षताको विषयमा करिव सहमति कायम गरेको छ ।
संवैधानिक विषयको पुनर्नियुक्ति बारे टुंगो लागेको भन्दै गच्छयदारले ‘संवैधानिक निकायमा संक्रमणकालिन ब्यवस्था अन्तर्गत पुनर्नियुक्ति नहुने कुरामा पनि दलहरुविच सहमती जुटेको बताउनु भयो ।

तपाईंको बिचार