Saturday, March 25, 2017  |    

‘प्रजातन्त्रमा आस्था राख्नेले आवेशमा गलत निर्णय गर्न हुँदैन’

प्रकाशित मिति: 2015/08/17

पोखरा, श्रावण ३१ । सूचना तथा सन्चारमन्त्री डा. मीनेन्द्र रिजाललले आम नागरिकलाई सदैव चनाखो बनाइराख्नु पत्रकारिताको मूलधर्म भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल प्रेस युनियनको संयुक्त आयोजनामा सन्चालित दुईदिने ‘नेपाल डिजिटल क्याम्पिङ’ सीप तालिमको आइतबार समापन समारोहमा उनले पत्रकारहरुले सधैं सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक संस्कारमा हुर्केका मानिसहरुले कहिल्यै पनि सत्ताको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै मन्त्री रिजालले प्रजातन्त्रमा आस्था राख्ने जोसुकैले पनि आवेशमा गलत निर्णय गर्न नहुने बताए ।

तपाईंको बिचार