Thursday, August 22, 2019

सरकार होइन डा. केसीको शैली अधिनायकवादी : गृहमन्त्री थापा

प्रकाशित मिति: 2018/07/04

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । 

लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताए । उनले भने, ‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनसन बस्न पाइन्छ । गृहमन्त्री थापाले अतिशंवेदनशील ठाउँहरु अस्पतालमा अनसन बस्न नमिल्ने बताए । उनले भने, तपाई अन्त गएर बस्न सक्नु हुन्न ?’ जनताले विद्रोह र प्रतिगामीहरुले प्रतिविद्रोह गर्ने भन्दै उनले डा. केसीलाई विद्रोह गरको हो भनेर प्रश्न गरे । विद्रोह गर्न पाउने जनताको अधिकार भएको भन्दै नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले प्रश्न गरे, ‘के अहिले विद्रोह गर्न आश्वयक छ ? यो सरकार दलाल, राष्ट्रघातीको सरकार हो ?’

तपाईंको बिचार