Monday, December 11, 2017

संघीय समाजवादी फोरमका पाँच दर्जन जना नेता कार्यकर्ता पक्राउ

प्रकाशित मिति: 2015/08/17


संविधानको मस्यौदाको बिरोध गर्दै दुई दिने आम हड्तालमा उत्रिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ६० जना नेता तथा कार्यकर्तालाई प्रहरीले राजधानीको बिजुलीबजारबाट नियन्त्रणमा लिएको छ ।
 संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, सोही पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल तथा सोही पार्टीका विद्यार्थी संगठनका अध्यक्ष एवं केन्द्रीय सदस्य सुरेश मण्डल, नेता मुकेश झा, कमरेन्द्र वर्मा, रामबाबु दास, सुरेन्द्र तिवारीललगायत ६० जनालाई प्रहरीले पक्राउ गरेको हो । बिजुली बजारबाट उनिहरुलाई पक्राउ गरिएको उनिहरुलाई महाराजगञ्जस्थित दुई नम्बर प्रहरीगणमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार