Wednesday, June 26, 2019

कांग्रेसले दर्ता गरेको प्रस्ताव कार्यसुचिमा नपरेपछि संसद अवरुद्ध

प्रकाशित मिति: 2018/07/06

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसीको सन्दर्भमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव आजको प्रतिनिधि सभाको कार्यसुचीमा नपर्दा संसद अवरुद्ध भएको छ ।

बैठक शुरु हुनसाथ नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने,‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थियौं । तर कार्यसुचीमा आएन । जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्य सुचीमा नआएसम्म प्रतिनिधि सभा अगाडि बढ्न दिन्नौं।’

सभामुखले भने,‘ हामी कहाँ दर्ता भएको छ । सुचना आएको छ । नियम ७१ को उपनियम ३, अनुसार सम्बन्धित मन्त्रीसँग छलफलका लागि बोलाउन लगाएको छु । सरकारको जवाफ पर्खिन जरुरी छ।’

कांग्रेसले संसद अवरुद्ध गरेपछि आधा घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

तपाईंको बिचार