Tuesday, October 17, 2017

नेपाल–भारत सिमामा उच्च सतर्कता बढदै

प्रकाशित मिति: 2015/08/17

 ६ प्रदेशको सिमाङ्कनमा दलहरुविच सहमति कायम भएसँगै दक्षिणी छिमेकी  भारतले सिमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । संघीयताको विवादले नेपालका सिमा क्षेत्रमा थप खतरा बढाएको र त्यसले आफ्नो मुलुकमासमेत आतंकवादी आक्रमण बढ्न सक्ने सम्भावना बढ्ने मनसायले भारतले सिमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएको हो ।
 पूर्वी मधेशका जिल्ला समेटीएको २ नम्वर प्रदेशबाहेक अन्य प्रदेशको दक्षिणी सिमाबाट तनाव हुन सक्ने आकलनसहित भारतले उच्च सतर्कता अपनाएको बुझिएको छ । त्यस्तै नेपालका सिमावर्ती जिल्लामा भएको आन्दोलनमा घुसपैठ हुन सक्ने भन्दै नेपाली सुरक्षा निकाय पनि चनाखो बनेको छ ।
यसैविच सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत विभिन्न मधेशवादी दलहरुले तराई–मधेस–थरुहटमा अनिश्चितकालीन बन्द गर्ने  निर्णय गरेको छ ।  ६ प्रदेशको मस्यौदा संविधानको विरुद्धमा साउन ३१ र ३२ गते मोहन वैद्य नेतृत्वको ३३ दलीय मार्चासहित बन्द आह्वान गरेको मोर्चाले यस्तो निर्णय गरेको हो । यो निर्णय सिमावर्ती क्षेत्रमा सुरक्षाका लागि थप चुनौतिपूर्ण हुने बताइएको छ ।
सिमा क्षेत्रमा खटिएका एक सुरक्षा अधिकारीहरुका अनुसार भारतले दुई नम्वर प्रदेशबाहक अन्यत्र सुरक्षा थ्रेट महसुस गरेको छ । दुई नम्वर प्रदेशमा पनि आन्दोलनका गतिविधि बढदै गएको भारतीय सिमा सुरक्षा बलले निश्कर्ष निकालेको छ ।
आफ्नो मुलुकमा कुनै पनि आन्दोलनको प्रभाव नपरोस भन्नेमा भारत सर्तक रहेको सिमा क्षेत्रमा रहेका सुरक्षा अधिकारीहरु बताउँछन् ।
पूर्वी तराईका तीन जिल्ला सुनसरी, मोरङ र झापा १ नम्वर प्रदेशमा परेका छन् । लिम्वुवान आन्दोलनपनि पनि भविष्यमा समस्या बन्न सक्ने भारतीय अधिकारीहरुको बुझाई छ ।
६ नम्वर क्षेत्रमा भारतसँग सिमा जोडिएका तराईका कैलाली र कंचनपुरदेखि डडेल्धुरा, बैतडी र दार्चुला जस्ता सिमावर्ती जिल्ला छन् । लिपुलेक गएका वैद्य माओवादीका विद्यार्थी नेताहरुलाई लिपुलेक क्षेत्रमा भारतीय सिमा सुरक्षा बलले केही घण्टा नियन्त्रमा समेत लिएको थियो ।
नेपाल–भारत सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षा बलको करिव ४५ हजार जनशक्ति परिचालन गरेको छ । भारतले सिमा क्षेत्रमा गुप्तचर निकायलाई पनि थप सक्रिय पारेको भारतीय मिडियाहरुले जनाएका छन् ।
 भारतको विहार राज्यमा विधानसभा चुनाव पनि हुन लागेको कारण पनि    सिमा क्षेत्रको सुरक्षामा भारतीय चासो बढेको हो ।
नेपाल मामिलामा भारतका विज्ञ तथा पूर्वमेजर जनरल अशोककुमार मेहताले  नेपाल संघीयतामा जादा भारतको सुरक्षा चासोवारे पनि धारणा राखेका थिए ।

 

तपाईंको बिचार