Friday, April 19, 2019

प्रज्ञाभवन २०५ औँ भानुभक्त जयन्ती

प्रकाशित मिति: 2018/07/13


काठमाडौं । २०५ औँ भानुभक्त जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञाभवन कमलादीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन्। उनले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको धारणा राखे। 

प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले भानुभक्तले साहित्यमार्फत समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको कुरा उल्लेख गरे । उनले भने, नेपाली साहित्यमा भानुभक्तीय भावना, शैली र प्रवृत्तिको आफ्नै महत्त्व छ। प्रतिष्ठानले कार्यालय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक देखिए। तपाईँहरूका माग मन्त्रिपरिषद्मा निर्णय गरेर सम्बोधन गर्छुसमेत भने ।

तपाईंको बिचार