Thursday, August 22, 2019

आकस्मिकबाहेकका अरु सबै सेवा ठप्प

प्रकाशित मिति: 2018/07/13


काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि जुम्लामा अनशनरत अनशनरत डा.गोविन्द केसीको माग सम्बोधनको पक्षमा रहेका उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै आजदेखि हडताल थालेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीएले आजबाट आकस्मिकबाहेकका अरु सबै सेवा ठप्प गरेको छ । एनआरडीएले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको थियो । 

डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न मधेशी चिकित्सक संघले आग्रह गरेको थियो । 
पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा. विनय पञ्जियारले आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरेका थिए ।

तपाईंको बिचार