Thursday, August 22, 2019

आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द

प्रकाशित मिति: 2018/07/18

 
काठमाडौं । बिहिबार आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो । 

संघले पत्रकार सम्मेलनमा अनसनको १९ औं दिनसम्म पनि नेपाल सरकारले डा. के.सी.ले उठाएका जायज मागहरुका सम्बन्धमा कुनै ठोस कदम अगाडी नबढाएको भन्दै स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देशभर देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्दा यस्तो कडम उठाउनु परेको बताइएको छ । 

नेपाल चिकित्सक संघले डा. गोविन्द के.सी. को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरुमा यसै पत्रकार सम्मेलन मार्फत हार्दिक अपिल गरेको छ ।

यति हुँदा पनि  सरकारले केसीको माग पूरा नगरे देशभर आकस्मिक सेवा बाहेका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकाल सम्म बन्द गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ ।

तपाईंको बिचार