Monday, June 17, 2019

गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

प्रकाशित मिति: 2018/07/20

बाँके । जुम्लामा अनशनरत डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको थियो । 

घाइते उपाध्यायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो । उहाँका अनुसार घाइते आचार्यलाई उपचारका लागि बिहीबार जुम्लाबाट नेपालगञ्ज ल्याइएको थियो ।

तपाईंको बिचार