Thursday, June 20, 2019

प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापतिको भेटवार्ता

प्रकाशित मिति: 2018/07/22

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिनुभएको छ ।
 
सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिनुभएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 
सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको बिचार