Saturday, March 25, 2017  |    

जनप्रदर्शनमा बल प्रयोग नगर्न सरकारलाई निर्देशन

प्रकाशित मिति: 2015/08/19

प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले जनप्रदर्शनमा प्रहरी दमन बढेको भन्दै जनताविरुद्ध दमनको नीति नअंगाल्न सरकारलाई निर्देशन दिएको छ । सीमांकनविरुद्ध देशव्यापी रुपमा चर्किएको आन्दोलनका क्रममा प्रहरीको प्रतिकारमा केही आन्दोलनकारीको मृत्यु भएपछि र शीर्ष नेताहरुको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 
शीर्ष बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले देशव्यापी आन्दोलनको अवस्था र सरकारको तयारीबारे जानकारी गराएपछि । शीर्ष नेताहरूको मंगलबारको बैठकले राजनीतिक मागलाई राजनीतिक रूपमै सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो । एमाओवादी नेता डा. बाबुराम भट्टराईले आन्दोलनमा उत्रेका जनताविरुद्ध अनावश्यक बल प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो । 
गृहमन्त्री गौतमले भने सरकारले अनावश्यक बल प्रयोग नगरेको, राजनीतिक दल र सुरक्षा निकायलाई केन्द्रित गरेर आन्दोलन हिंसात्मक बनाउन खोजिएकाले सुरक्षाकर्मीले सुरक्षाका लागि मात्र सामान्य बल प्रयोग गरेको जानकारी गराएका थिए । 

 

तपाईंको बिचार