Tuesday, June 18, 2019

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्नेः अध्यक्ष थापा

प्रकाशित मिति: 2018/08/02

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्दै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष थापाले नेपाली काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनोस् भन्नुभयो । 

अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता हो भन्नुभयो । 

तपाईंको बिचार