Thursday, November 23, 2017

बन्द संस्कृति मौलाउँदै, पाँच वर्षमा आठ सय ६६ दिन बन्द

प्रकाशित मिति: 2015/08/19

सबै राजनीतिक दलहरुले बन्दहडताल नगर्ने भनेर आफ्नो राजनीतिक घोषणापत्रमा उल्लेख गरे पनि कुनै दलहरुले यसलाई मानेको देखिँदैन । महत्वपूर्ण राजनीतिक मुद्दा देखि लिएर स–साना कुराहरुमा पनि बन्द गरिहाल्ने संस्कृति मौलाएको छ । 
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङकका अनुसार पछिल्ला ५ वर्षमामात्रै विभिन्न बहानामा विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द भएको छ । सोही समयमा ४ सय ७ पटक चक्काजाम भएको छ । तराईका जिल्ला र व्यापारिक केन्द्र रहेका जिल्ला सबैभन्दा बढी बन्द हुने गरेका छन् ।
बन्द आयोजकहरूमा राजनीतिक दल तथा तिनका भ्रातृसंगठन, सशस्त्र समूह, विभिन्न जातीय र क्षेत्रीय समूह, पेसागत÷व्यावसायिक संगठन र स्थानीयहरु रहेका छन् । 
पछिल्लो समय प्रमुख चार राजनीतिक दलले नयाँ संविधानको अन्तर्वस्तुका विषयमा १६ बुँदे सम्झौता गरेपछि बन्द हडताल बढ्न थालेको प्रहरीले जनाएको छ । केही समययता पश्चिम तथा मधेश बन्दको मारमा पर्दै आएकोछ । 

 

तपाईंको बिचार