Saturday, March 25, 2017  |    

दुई–तीन सय मान्छे मार्ने योजनाको सूचना पाएको अनन्तको खुलासा

प्रकाशित मिति: 2015/08/19

एकिकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले आन्दोलनको नाममा दुई तीन मान्छे सय मार्ने योजनाको सूचना आफूले पाएको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको एक साक्षात्कारमा कार्यक्रममा उनले यस्तो गाप्य खुलासा गरेका हुन् । ‘आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन । दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ ।’ पुनले भने, ‘ संविधान बन्न नदिने योजना छ । यसमा सचेत हुनुपर्छ ।’ थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले ति क्षेत्रमा आन्दोलन भएको उल्लेख गर्दै ति मागलाई संबोधन गरिने बताए ।

पुनले अहिले जायज माग राखेर आन्दोलन गर्नेहरुसँगै निहुँ खोजेर संविधान जारी हुन नदिने तत्व लागिपरेको भन्दै त्यस्ता समूहसँग सम्झौता नगरी भण्डाफोर गरिने दावी गरे । 
आगामी अब चार दिनमा संविधानका विवादित विषय टुङगो लगाईने दावी गर्दै उनले भने– नागरिकतामा कोही पनि विभेदमा नपर्ने गरी सहमति भएको छ । सीमांकनमा सम्झौता हुन्छ । 

तपाईंको बिचार