Saturday, August 19, 2017  |    

आन्दोलनकारीद्वारा समानान्तर प्रशासन चलाउने चेतावनी

प्रकाशित मिति: 2015/08/19

सिमांकनको विषयमा दलहरुविच भएकोको विरुद्धमा ११ दिनदेखि आन्दोलन गर्दै आएको आन्दोलनकारीहरुले पाँच दिन भित्र आफ्ना मागहरु पुरा नभए समानान्तर प्रशासन चलाउने चेतावनी दिएका छन् । उनीहरुले सम्पूर्ण सरकारी कार्यालयहरुको दैनिक प्रशासन सञ्चालन आफै गर्ने चेतावनी दिएका छन् ।
नारा जुलुशसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका उनिहरुले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी मार्फत संविधान सभा अध्यक्षलाई पाँच बुँदे चेतावनी पत्रसमेत बुझाएका छन् । यस अघि आन्दोलनकारीले जिल्लाका सरकारी कार्यालयहरु कब्जामा लिई संघीय कर्णाली प्रदेशको बोर्ड समेत टाँसेका थिए भने बुधबारसम्म सबै सरकारी कार्यालयको काम काज ठप्प रहेको छ । 
कर्णाली संघीय प्रदेश संघर्ष समितिले एक पत्र बुझाउँदै अबको पाँच दिन भित्र कर्णालीलाई ६ नम्बर प्रदेशमा गाभ्ने संविधानको मस्यौदामा गरिएको नक्र्शाकंन संशोधन नगरिए जिल्लामा संघीय प्रदेशको गठन गरी कार्यालयका दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने , समानान्तर सुरक्षा बल गठन र परिचालन गर्नेलगायत धम्की दिएका छन् । आफ्नो माग पुरा नभएसम्म आन्दोलन कायम राख्ने आन्दोलनकारीहरुले जनाएका छन् । 

 

तपाईंको बिचार