Wednesday, October 23, 2019

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ

प्रकाशित मिति: 2018/08/08

काठमाडौं । बुधबार दिउँसो राजधानीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा  ‘प्रकाण्ड’ लाई प्रहरीले पक्राउ गरेको छ।

गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्। 

 

 

तपाईंको बिचार