Thursday, August 22, 2019

जोरपाटी–साँखु सडकखण्डको काम तत्काल सक्न पूर्वप्रधानमन्त्री नेपालको निर्देशन

प्रकाशित मिति: 2018/08/09

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले जोरपाटी–साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिनु भएको छ ।

चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडकखण्डको आज अनुगमन गदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहनु भएका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी पनि दिनुभयो ।

भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुग्नुभएका नेता नेपालले १५ दिन पछि पुनः अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

सडक निर्माणको जिम्मा पाएका ठेकेदारले पनि १५ दिनभित्र खाल्डाखुल्डी परेर सक्ने प्रतिवद्धता जनाएका छन् । सडक निर्माणका क्रममा विभिन्न अवरोध आएका कारण काममा ढिलाई भएको निर्माण व्यवसायीले बताएपछि नेता नेपालले सम्बन्धित सवै पक्षलाई राखेर तत्काल काम सक्न निर्देशन दिनुभएको थियो ।

तपाईंको बिचार