Wednesday, October 16, 2019

पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवस

प्रकाशित मिति: 2018/08/14
काठमाडौं । पाकिस्तानको ७१ औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो ।
 
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।
 
समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीका परिवारको उपस्थिति रहेको थियो ।

तपाईंको बिचार