Sunday, August 25, 2019

मालीको राष्ट्रपतिमा केइटा पुनः निर्वाचित

प्रकाशित मिति: 2018/08/17

बामाको । मालीका राष्ट्रपति इब्राहिम बाउबाकर केइटा थप एक कार्यकालका लागि फेरी निर्वाचित हुनुभएको छ । 

आगामी पाँच बर्ष पनि राष्ट्रपति नै रहनेगरी भारी मत अन्तरले उहाँ पुनः निर्वाचित हुनुभएको यहाँको निर्वाचन कार्यालयले बिहीबार जनाएको छ । 
विदेशी पर्यबेक्षकहरुको कडा निगरानीकाबीच भएको निर्वाचनबाट ७३ बर्षीय केइटाले ६७.१७ प्रतिशत मत आफ्नो पक्षमा पार्नु भएको छ । 
गत आइतबार भएको निर्वाचनमा उहाँका प्रतिद्वन्दी तथा पूर्व अर्थमन्त्री सौमैला सिसेले ३२.८३ प्रतिशत मत ल्याउनुभएको छ । 
सन् २०१३ मा पनि केइटासँग प्रतिस्पर्धा गर्नुभएका ६८ बर्षीय सिसेले त्यतिबेला ३४.५ प्रतिशत मत पाउनु भएको थियो । 
भूपरिवेष्ठित मुलुक मालीमा झण्डै २० प्रकारका आदीवासीहरूको मुख्य बसोबास रहेको छ । उनीहरूबीचमा द्वन्द रहेको छ । 
द्वन्दमा पनि यस बर्ष मात्रै सयौँ मानिसको मृत्यु भएको थियो । निर्वाचनका बेला द्वन्दको विषयलाई नै विपक्षीहरूले मुख्य मुद्दा बनाएका थिए ।
निर्वाचनमा पराजित भएको प्रतिपक्षी समूहहरूले भने नतिजा अस्वीकार गर्ने बताएका छन् । निर्वाचन परिणाम विश्वसनीय नभएको विपक्षीहरुको दावी छ । 

तपाईंको बिचार