Friday, October 18, 2019

बिम्स्टेक सम्मेलनका लागि पाहुना आउने क्रम सुरु, १७ हजार सुरक्षाकर्मी परिचालन

प्रकाशित मिति: 2018/08/28

काठमाडौं। बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि आजबाटै विशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु भएको छ । जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि शनिबारसम्म प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकार प्रमुखको आवागमनका समयमा कम्तिमा आधा घन्टा विमानस्थल बन्द हुन्छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ ।

सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । सेनाकै सुरक्षा योजना अनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् ।

तपाईंको बिचार