Tuesday, October 22, 2019

अतिथिको सुरक्षा, व्यवस्थापनको लागि सवारीसाधनमा जोर बिजोर प्रणाली

प्रकाशित मिति: 2018/08/28

काठमाडौं । बिमस्टेक शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकामा तीन दिन निजी तथा सार्वजनिक सवारीसाधनलाई जोर बिजोर प्रणाली अन्तर्गत सञ्चालन गरिँदैछ ।

सम्मेलनमा आउने विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित तथा सहज बनाउन निजी तथा भाडाका सवारीसाधनलाई जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्न लागेको नेपाल प्रहरीले जनाएको छ ।

बिमस्टेक शिखर सम्मेलन बिहीबार र शुक्रबार (१४ र १५ गते) हुँदैछ । सम्मेलन सुरु हुनु अघिल्लो दिन (बुधबार) देखि सम्मेलनका दुई दिन नम्बर प्लेटअनुसार जोर बिजोर प्रणाली लागू हुन लागेको हो ।

प्रहरीका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक बिजोर (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन हुनेछन् । यस्तै १४ गते नम्बर प्लेटको अन्तिम अंक जोर (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन हुनेछन् ।

तपाईंको बिचार