Saturday, August 19, 2017  |    

घैँटेलाई सहीद घोषणा गर्न कांग्रेस सभासदको माग

प्रकाशित मिति: 2015/08/21

 प्रहरी इन्काउन्टरमा मारिएको भनिएका गुण्डा नाइके कुमार घैंटेलाई शहीद घोषणा गर्न कांग्रेसका सभासदहरुले माग गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सभासद कौशर शाहले घैंटेको गैरन्यायिक हत्या भएको भन्दै उनलाई शहीद घोषणा गरिनुपर्ने बताइन् धारणा राखिन् । 
त्यस्तै इन्काउन्टरमा संलग्न प्रहरीलाई कानुनी कारवाहीको दायरामा ल्याउन कांग्रेस सभासदले माग गरेका छन् । काठमाडौँ –६ का सभासद भिमसेनदास प्रधानले घैंटेको गैरन्यायिक हत्या भएको भन्दै प्रहरीमाथि कारवाही गर्नुपर्ने माग गरे । त्यस्तै सभासद् साहले घैँटे काठमाडौं महानगरपालिका २९ नम्बर वडाका समाजसेवी भएको भन्दै उनलाई प्रहरीले षडयन्त्रपूर्वक हत्या गरेको आरोप लगाइन् ।

 

तपाईंको बिचार